- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०४ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८३ पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३५ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३० पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्