- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा कायम गरेको छ । यस्तै, बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिददर १३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३८ रुपैयाँ १२ पैसा रहेको छ ।
यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ ।
विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्