×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टी, लेखे यस्तो मनछुने स्ट्याटस…

LAXMI SUNRISE BANK

हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टी, लेखे यस्तो मनछुने स्ट्याटस…

११ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । हास्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । आज सामाजिक संजालमार्फत उनले आफुलाई कोरोना संक्रमण पुष्टी भएको बताएका हुन् । 
‘भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ ‘पोजेटिभ’ देखिएको छ । अघिल्लो हप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो ।’ उनले फेसबुकमा लेखेका छन्, ‘बिहिबारदेखि नै आईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ । मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’
‘संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ । म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा.रविन्द्र समिरको सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईडलाईन’मा छु ।’ उनले फेसबुकमा लेखेका छन्, ‘मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक उर्जा भन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेराे शरीरको जीत र भाईरसको हार झन् चाँडाे हुनेछ । धन्यबाद ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी