- अर्थ सरोकार सम्बाददता
पोखरा । गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा मंगलबार थप ३४ जनामा संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्धु शर्माले बताए ।
संक्रमितमध्ये पोखरा महानगरपालिकाका १८ जना, स्याङ्जा चापाकोटका १४ जना र लमजुङ सुन्दरबजार र मध्यनेपालका १र १ जना रहेका छन् । योसँगै प्रदेशभर संक्रमितको संख्या ५ हजार ५ पुगेको छ ।