×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

PRIME CA
GLOBAL IME BANK

कोरोनाका कारण गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु भएको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले मंगलबार दिएको जानकारी अनुसार नवलपरासी जिल्लाको कावासोती–७ की ७७ वर्षीया महिलाको बिहान सवा ३ बजे चितवन मेडिकल कलेज तथा गोरखाको बारपाक सुलिचौर–६ की ४५ वर्षीया महिलाको बीपी कोइराला क्यान्सर अस्पतालमा असोज १५ गते निधन भएको हो ।
नवलपरासीकी ७७ वर्षीया वृद्धालाई असोज १६ गते स्वासप्रश्वास तथा पिसाबको समस्यासहित अस्पताल भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचार गर्दागर्दै निधन भएको हो भने गोर्खाकी महिलामा चाहिँ मृगौलाको समस्या थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: