- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा पोखराका ४ जनासहित गण्डकीमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीले चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा लमजुङका १ जना, कास्कीका १ जना, तनहुँका २ जना र नवलपरासीका १३ जना रहेका छन् । यस्तै क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा म्याग्दीका २ जना, तनहुँका २ जना, बाग्लुङका ३२ जना, कास्कीका ३ जना र लमजुङका २ जना रहेका छन् । यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६७ पुगेको छ ।