×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु, संक्रमितको संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु, संक्रमितको संख्या कति पुग्यो ?

Artha Sarokar

२२ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा महानगरपालिका–१६ का ८३ वर्षीय पुरुषको मृत्यु भएको हो । हाइपरटेन्सन, डाइबिटिज्, तथा मृगौलाको रोगी रहेका पुरुषमा असोज १३ गते कोरोना संक्रमण पुष्टी भएको थियो ।
त्यस्तै बिहीबार गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नवपुरका २७, बागलुङका १२ लमजुङ र तनहुँका एक-एक जना रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार चार सय ४७ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी