×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टी, संक्रमितको संख्या कति पुग्यो ?

Artha Sarokar

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार १०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) गैंडाकोटका ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजको कोभिड आईसियुमा र म्याग्दीको धौलागिरीका ८५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसियुमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी