- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा थप ३५ जनामा कोराना संक्रमण पुष्टी भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्दा ३५ जनामा संक्रमण देखिएको जनाएको छ ।
संक्रमण पुष्टी हुनेहरुमा गोरखाका २५ जना, म्याग्दीका ५ जना, कास्कीका ३ जना र पर्वतका २ जना रहेका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ हजार ९८० पुगेको छ।