×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रियसभाका अध्यक्षद्वारा निर्माण कार्यको अनुगमन, समयभन्दा अगाडी नै सक्न तीन सिफ्टमा काम गर्नुपर्ने भनाई ! (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

राष्ट्रियसभाका अध्यक्षद्वारा निर्माण कार्यको अनुगमन, समयभन्दा अगाडी नै सक्न तीन सिफ्टमा काम गर्नुपर्ने भनाई ! (भिडियो)

Artha Sarokar

२० आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद भवनको निर्माण कार्य सन्तोषजनक रहेको बताउनुभएको छ । सिंहदरबार परिसरभित्र निर्माण भइरहेको संसद भवन निर्माणमा कोभिडले आंशिक प्रभाव परेपनि कार्यप्रगति सन्तोषजनक रहेको उहाँले बताउनुभयो । संसद भवन निर्माण कार्यको स्थलगत अनुगमनपछि अध्यक्ष तिमिल्सिनाले कोरोनाले देशभरी विकास निर्माणलगायत अन्य क्षेत्रमा गरेको असरको तुलनामा काम सन्तोषजनक रहेको बताउनुभयो । उहाँले समयभन्दा अगाडी नै निर्माण सम्पन्न गर्न तीन सिफ्टमा २४ घण्टा नै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
आयोजना प्रमुख दिलिप भण्डारीले तीनवर्षमा निर्माण सम्पन्न गर्नेगरी काम सुरु भएको आयोजनाको निर्माणमा कोभिडका कारण केही प्रभाव परेको बताउनुभयो । बर्खा र कोभिडका कारण समस्या भएकाले लक्ष्यअनुसार प्रगति नभएपनि तोकिएको समयभन्दा अगाडी नै निर्माणकार्य सम्पन्न गर्न तीन सिफ्टमा काम गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।
आयोजना निर्माणको एक वर्षमा २० प्रतिशत भौतिक काम हुनुपर्नेमा अहिले लक्ष्य अनुसार काम हुन सकेको छैन । परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्ने छ । साथै करिब तीन सयजना अटने सुरक्षाकर्मीहरुका लागि भवन छुटाछुट्टै पनि निर्माण गरिने छ । छुटाछुट्टै भवन निर्माण गरिए पनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुइवटै संसदका सदस्यहरू अटाउने खालको एउटा हल समेत निर्माण गरिने छ । परिसरमा भीभीआइपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुटाछुट्टै प्रवेशद्धार निर्माण हुने बताईएको छ । हेर्नुहोस् भिडियो : 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी