- अर्थ सरोकार सम्बाददाता
पोखरा । सोमबार गण्डकी प्रदेशमा थप १२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकीमा थप १२६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँका १८ जना, कास्कीका ५ जना, नवलपरासीका ५६ जना र बाग्लुङका ७ जना रहेका छन् । यस्तै क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा तनहुँका ६ जना, कास्कीका २४ जना, लमजुङका २ जना, तनहुँका २ जना र स्याङजाका एक जना रहेका छन् । यससँगै गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ७१ पुगेको छ ।