- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार खुल्ला भएको छ । नेप्सेमा बुधबार यस कम्पनीको पहिलो कारोबार ३०५ रुपैयाँमा खुलेको हो । इन्स्योरेन्सको सेयर असोज २६ गते सोमबार नेप्सेमा सूचीकृत भएको थियो।
इन्स्योरेन्सको सेयर मंगलबारबाट कारोबार हुने भनिए पनि स्पेसल प्री–ओपनिङ सेसनमा कारोबार नहुँदा रोकिएको थियो । नेप्सेले सेयरमा न्यूनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । जसअनुसार उच्चतम रेन्जबाट कारोबार सुरु भएको हो । जनरल इन्सुरेन्सको जीआइसी संकेतमा कारोबार खुला भएको छ ।