Skip to content
LAXMI SUNRISE BANK

१० अर्व रुपैयाँ पर्ने यो घडी जसलाई घडीधनीले कवाडीमा २४० रुपैयाँमा किनेका थिए…

अर्थ सरोकार

  • एजेन्सी
घडीको इतिहास पल्टाउने हो भने सन् १५०५ मा विश्वमा पहिलोपटक घडी बनेको थियो । दुनियाँको पहिलो घडीको नाम पोमेन्डर वाच अफ १५०५ हो । जर्मन आविष्कारक पिटर हेनलेनले निर्माण गरेको निकै अनौठो खालको डिजाइन भएका घडी एक व्यक्तिले कवाडीमा जम्मा २ डलर अर्थात मोटामोटी २४० रुपैयाँमा किनेका थिए । जुन सन् २००२ मा विक्री भएको थियो ।
त्यतिबेला किन्नेले पनि अर्कोलाई यो घडी बेचिदिए । र किनबेच हुँदा हुँदा यो घडी एकजना शोधकर्ता विद्यार्थीको हात पर्यो । उनले नै उक्त घडी विश्वकै पहिलो घडी भएको कुरा दुनियाँलाई जानकारी गराए । दुनियाँको यो पहिलो घडी तामा र सुनबाट बनेको छ । अहिले यो घडी कोसँग छ भन्ने तथ्य भने गोप्य राखिएको छ । 
अहिलेको समयमा यो घडीको मूल्य आठ करोड डलर अर्थात् झण्डै १० अर्ब नेपाली रुपैयाँ पर्ने बताइएको छ । अमेरिकाको चर्चित एन्टिक विक म्यागेजिनले सन् २०१४ मै सो घडीको मूल्यका बारेमा खुलासा गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK