- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको कात्तिक ६ गते (बिहीबार) बसेकोे सञ्चालक समितिको ३६४औं बैठकले आर्थिक वर्ष २०७६/७७को मुनाफाबाट १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६÷७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ ।