
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । २१ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका छन । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९औं पटक अनसन बस्नुभएका केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका हुन् । जुम्लाबाट १९औं अनसन सुरु गर्नुभएका केसीको अनसनको २१ औं दिनमा स्वास्थ्यमा समस्या समेत देखिन थालेको छ ।
आन्दोलित चिकित्सकहरुले विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै केसीको जीवन रक्षाको माग गरेका हुन । धर्नामा सहभागि चिकित्सक डा. सुवास देवकोटाले केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा समेत सरकारले चासो नदिएको बताउनुभयो । स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने समस्याबाट पीडित केसीलाई आजबाट अक्सिजन समेत दिन थालिएको उहाँले बताउनुभयो । तत्काल डा. केसीले उठाएका माग पुरा नभए कडा कदम चाल्ने चेतावनी पनि उहाँले दिनुभयो ।
अर्का चिकित्सक डा. अच्युत खनालले १८ पटकसम्मको अनसनका क्रममा वार्ताको माध्यमबाट भएका सम्झौताहरु कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । दुर्गम क्षेत्रमा सुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउनुपर्ने केसीको मागमा अहिलेसम्म जनता र विभिन्न राजनीतिक दलहरुले स्वस्फुर्त रुपमा ऐक्यवद्धता जनाउँदै आएकोमा सरकारले नसुनेकाले अब चिकित्सकहरु समेत खवरदारीका लागि आन्दोलित हुनुपरेको उहाँले बताउनुभयो ।
नेपाल चिकित्सक संघले पनि केसीको माग पुरा गर्न माग गर्दै चिकित्सकहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । संघले तत्काल केसीका माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । संघका महासचिव बद्री रिजालले सक्दो जाँडो डा. केसीसँग सरकारले वार्ता गर्नुपर्ने बताउनुभयो । वार्ताका लागि कुनै पहल नभए संघले आफ्नो आन्दोलनका कार्यक्रम घोषणा गर्ने उहाँले बताउनुभयो ।
आन्दोलनमा सहभागि चिकित्सकहरुले ‘कर्णाली विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु गर’, ‘हिजोको सम्झौता कता गयो ?’, ‘जनता माग्छ अस्पताल सरकार दिन्छ भ्यूटावर’, ‘अख्तियार माथिको हस्तक्षेप बन्द गर, दलिय भागवण्डा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्