×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने सरकारको निर्णय

LAXMI SUNRISE BANK
GLOBAL

कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने सरकारको निर्णय

२७ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमनमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 
यसअघि असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्णय भएकोमा परराष्ट्रमन्त्री एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार सीमा नाकाबाट हुने प्रवेशमा लगाइदै आएको रोकलाई कात्तिक मसान्तसम्म थप गरिएको हो । कोरोना जोखिम बढ्दै गएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावतमा रोक लगाइँदै आएको छ । यद्यपि, ढुवानी र निश्चित नाकाबाट हुने आवागमन भने चालू अवस्थामा नै रहनेछन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी