×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी भर्ने म्याद सकिँदै, अव कहिलेसम्म पाइन्छ भर्न ?

PRIME CA
GLOBAL IME BANK

गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी भर्ने म्याद सकिँदै, अव कहिलेसम्म पाइन्छ भर्न ?

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको ५ लाख ९० हजार १४ कित्ता सेयर लिलामी भर्न अव २ दिन मात्र समय बाँकी रहेको छ । आइतबार र सोमबार भित्र बैंकको उक्त सेयरमा आवेदन दिईसक्नु पर्नेछ । 
कम्पनीले असोज १३ गतेबाट संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता र सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता सेयर बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । उक्त सेयरमा न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिनेछ । 
बैंकको यो सेयरमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन पाउने छन् । यसमा संस्थापकसहित सर्वसाधारण लगानीकर्ता तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । कम्पनीले उक्त सेयर असोज १९ गतेसम्म लगानीकर्ताले बोलकबोल माध्यमबाट आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं, एनएमबि बैंकको विराटनगर, झापा, वीरगन्ज, जनकपुर, हेटौंडा, चितवन, पोखरा, बाग्लुङ, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी महेन्द्रनगरका कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट समेत आवेदन दिन पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: