×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुँरास लाइफ इन्स्योरेन्सले बोलायो मंसिर ४ गते वार्षिक साधारणसभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

PRIME CA

गुँरास लाइफ इन्स्योरेन्सले बोलायो मंसिर ४ गते वार्षिक साधारणसभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

४ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधारणसभा मंसिर ४ गते (बिहीबार) बस्ने भएको छ । कम्पनीको उक्त सभा सो दिन बिहान साढे १० बजे कम्पनीको प्रधान कार्यालय काठमाडौंको तीनकुनेमा बस्ने भएको छ । सभाको लागि कम्पनीले कार्त्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार मंसिर ३ गतेसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश प्राप्त गर्ने छन् । 
सभामा कम्पनीले आर्थिक वर्ष २०७४/७५ कोे नाफाबाट ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । जुन कम्पनीले यसअघि घोषणा गरेको भन्दा ५० प्रतिशत कम हो । यसअघि कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी भई नेप्सेमा सूचीकृत भए पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ८७ करोड कायम भएकोले बोनसदर घटेको कम्पनीले जनाएको छ ।
त्यसैले, कम्पनीले सोही पुँजी १ अर्ब ८७ करोड रुपैयाँमा ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा लगेको छ । साथै, सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको नगद लाभांश सभाले पारित गर्ने कम्पनीले जानकारी गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: