
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अवैध रूपमा विदेशमा पैसा पठाउने एक व्यापारीविरूद्ध करिब दुई अर्ब रूपैयाँ विगोसहित विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभागले हाइटेक इन्टरनेसनल प्रालिका सञ्चालक हरिकुमार श्रेष्ठविरूद्ध एक अर्ब ७१ करोड ५६ लाख २८ हजार रूपैयाँ विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो।
विभागले गत बिहीबार (असोज २२) उक्त मुद्दा अदालतमा दर्ता भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ। मुद्दामा विभागले विगो बराबरको रकम असुल गरी विगोको तीन गुणासम्म जरिवाना र तीन वर्ष कैद सजायसमेत मागदाबी गरेको छ। श्रेष्ठले भन्सार विन्दुबाट मालवस्तु पैठारी गर्दा लुकाई छिपाई चोरी पैठारी गरी नेपाल ल्याएर त्यसको यथार्थ कारोबार नदेखाउने र वास्तविक कारोबारको विवरण छुट्टै लेजरमा अभिलेख राखी राजस्व चुहावटसमेत गरेको विभागको अनुसन्धानबाट खुलेको जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्