
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसर पारेर शुक्रबार सार्वजनिक बिदा दिएको हो ।
यो बिदा प्रदेश सरकारले पहिला नै तय गरेको थियो । बिक्रम सम्वत् २०७७ सालको बिदाको सूची बनाउने बेला नै प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मिति यकिन गरी एक दिन सार्वजनिक विदा दिने जनाएको थियो ।
प्रदेश सरकारले २०७७ सालमा यो बिदासहित नेपाल सरकारले तोकेको बिदा दिनबाहेक थप ६ दिन बिदा दिने सूची बनाएको छ । साउन १९ गते रक्षा बन्धन, साउन २७ गते कृष्णाजन्मष्टमी, कात्तिक १४ गते पैगम्बर महम्मदको जन्म दिन, पुस ४ गते विवाहपञ्चमी, माघ ५ गते मधेस आन्दोलन स्मृति दिवस र चैत १७ गते होली पर्वको बिदा प्रदेश सरकारले दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्