×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रामकुमार उमाप्रसाद स्मारक अस्पतालका चिकित्सकमा कोरोना पुष्टी, अस्पतालका सेवा बन्द !

अर्थ सरोकार

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार

PRIME CA

रामकुमार उमाप्रसाद स्मारक अस्पतालका चिकित्सकमा कोरोना पुष्टी, अस्पतालका सेवा बन्द !

  • अर्थ सरोकार सम्बाददाता 

लहान । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । एक चिकित्सकमा कोरोना पुष्टी  अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हो ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ । अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ । 
अस्पतालका अन्य केही कर्मचारीमासमेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: