×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिका र दक्षिणा पाए, टन्न मासु भात खाए, हो ! यसपाली टुडीखेलमा उनीहरुले पनि दशैं मनाए… (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

टिका र दक्षिणा पाए, टन्न मासु भात खाए, हो ! यसपाली टुडीखेलमा उनीहरुले पनि दशैं मनाए… (भिडियो रिपोर्ट)

११ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

काठमाडौँ । जताततै दशैंको माहोल छ ।  तर काठमाडौँमा मजदुरी गरेर बसेका र कोहि नभएकाहरुसँग दशैं मनाउन त परै जाओस् अघाउंदी खानेसमेत पैसा छैन । यस्ता दिनदुखीहरुलाई पनि यसपाली भने दशैं आएको छ । लक डाउन सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टीम नेपालले खुलामञ्चमा सर्वसाधारणलाई टिका लगाईदिएको छ । हाम्रो  टिम नेपालले असाहय र काठमाडौँमा दुइ छाक खान नपुग्नेहरुलाई टिकामात्र लगाईदिएन बरु दक्षिणासमेत दियो र टन्न खाना पनि खुवायो ।  टिम नेपालले यसरी दशैं मनाइदिएपछि खुलामंचमा जम्मा भएकाहरु खुसी देखिएका छन् ।  

कोरोना महामारी नियन्त्रणका लागि कराडौँ रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टीम लगायका संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्धार गरिरहेको उनीहरुको भनाई छ । हाम्रो टीम लगायतका संस्थाहरुको पह लले ओली सरकारलाई झापड हानेको सर्वसाधारण भनाई छ ।

यता हाम्रो टीम नेपालका संस्थापक अध्यक्ष विमल पन्त दशैंको बेला घरमा गएर आमाबुवाको हातको आशिर्वाद भन्दा पनि ७ महिनादेखि निरन्तर खाना खुवाइरहेकाहरुलाई टीका लगाएर दशैं मनाउँदा सन्तुष्टि मिलेको बताउँछन् । कोरोना संक्रमणको कारण रोजगारी गुमाएकाहरु रोजगारीमा नफर्किएसम्म निःशुल्क खाना वितरण गरिने उनको भनाइ छ ।

बाइट… विमल पन्त संस्थापक अध्यक्ष, हाम्रो टीम नेपाल

खुसी खुसी भन्छौं तिमी खुसी त्यो कहाँ छ 

आफुलाई मिटाइ अरुलाई दिनु जहाँ छ

चर्चित यो कविताका पंक्तिहरुजस्तै टिम नेपालले गरेको कार्य सराहनीय छ।

हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: