
हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ। अस्पतालले यही कात्तिक २ गते स्वास्थ्य र सुरक्षाकर्मी गरी १७ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणका लागि कात्तिक ३ गते सुर्खेत पठाएकामा मंगलबार दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखाएको छ।
तीमध्ये एक महिला स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसूतिबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिइन् । अस्पतालका सूचना अधिकारी भक्ति फडेराका अनुसार अग्रपंत्तिमा खटिने स्वास्थ्य र सुरक्षाकर्मीको कोरोना आशंकामा परीक्षण गर्दा एक स्वास्थ्यकर्मीसहित अर्का एक नागरिकमा कोरोना पोजेटिभ देखिएका हो।
संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अन्यको खोजी गरेर स्वाब संकलन गरी कोरोना परीक्षण गर्नुपर्ने भएका कारण अस्पताल केही दिनका लागि बन्द गरिएको जनाइएको छ। – रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्