×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हुम्लामा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना देखियो, अस्पतालका सेवा बन्द !

  • अर्थ सरोकार सम्बाददाता
सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाको अस्पताल विभागमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । विभागमा कार्यरत वरिष्ठ अनमी सरिता बोहरालाई कोरोना संक्रमण पुष्टी भएको हो । 
दुई दिन अगाडी स्वाव संकलन गरि सुर्खेत पीसीआर परीक्षण गर्दा बोहरामा कोरोना पुष्टी भएको हुम्ला अस्पतालका डा.टसी आङ्जु लामाले जानकारी दिए । उनी हुम्लामा कोरोना संक्रमित हुने पहिलो स्वास्थ्यकर्मी हुन् ।
उनलाई कोरोना पुष्टी भएसँगै अस्पतालका आकश्मिक र प्रसुती सेवा बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालले सबै कर्मचारी तथा स्वास्थ्यकर्मीको कन्ट्याक ट्रेसिङ गर्ने भएको छ । पाँच दिन भित्र यो काम गरि सक्ने डा. टसीले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: