×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

LAXMI SUNRISE BANK

आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच नगद रहित सेवा सम्बन्धी सम्झौता

१५ आश्विन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी(ह्याम्स हस्पिटलबीच) बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र ह्याम्स हस्पिटलका कार्यकारी निर्देशक डा. जोतिन्द्र शर्माले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमा लेखको सीमासम्म हयाम्स हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्न सकिने छ ।
सोही अवसरमा श्रेष्ठले ह्याम्स हस्पिटलले आफना ग्राहकलाई आइएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेका छन् । साथै, अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन उनले आग्रह गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी