- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । इम्पेरियल सेक्युरिटिज कम्पनीका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । इम्पेरियल सेक्युरिटिज कम्पनी अर्थात् स्टक ब्रोकर नम्बर ४५ का अधिकाशं कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
कर्मचारीमा कोरोना देखिएपछि कार्यालय आज बन्द हुनुका साथै प्रवाहित ब्रोकरेज सेवा पनि बन्द गरिएको छ । संक्रमित कर्मचारी होटलको क्वारेन्टिनमा र कम्पनीका सञ्चालकहरु होम आइसोलेसनमा बसेका छन् । कम्पनीले ब्रोकरेज सेवा प्रवाहित हुने विषयमा नेप्से र सेबोनमासमेत दिइसकेको छ ।
यता सेक्युरिटीजका ग्राहकहरुले भने कार्यालयसंग सम्पर्क हुन नसक्दा सेयर किनबेच गर्नबाट बञ्चित हुनु परेको गुनासो गरेका छन् ।