
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जनरल इन्स्योरेन्सको आईपीओ मंगलबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको आईपीओ बाँडफाँडमा ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खाली भएको छ।
संस्थाको आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता सेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।
आइपीओमा ७ लाख ९४ हजार ५४६ आवेदनबाट २ करोड १४ लाख १० हजार ७१० कित्ता सेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म एक सय रुपैयाँ दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्