
काठमाडौं । गृह मन्त्रालयले एक सय जनाका लागि जागिर खुलाएको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना दर्ता अपरेटर कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । राष्ट्रिय परिचयपत्र वितरण दर्ता प्रयोजनका लागि करार सेवामा रहने गरी दर्ता अपरेटर माग गरिएको हो।
दर्ता अपरेटरका लागि लिखित परीक्षा मंसिर १३ गतेलाई तोकिएको छ । दर्ता अपरेटरमा काम गर्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने नियम बनाइएको छ। दर्ता अपरेटरले दैनिक १२ सय रुपैयाँ पारिश्रमिक पाउने छन्।
यता यस पटक मन्त्रालयको यो जागिरमा सोर्सफोर्ससमेत नचल्ने मन्त्रालयका उच्च अधिकारीले दाबी गरेका छन् ।’अरु बेला जागिरमा सोर्स फोर्स चल्नु स्वाभाविक हो । तर यो पटक सोर्सफोर्सबाट एक जनापनि मान्छे नराख्ने कुरा छ ।’ उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्