×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनकपुरबाट १६ लाख रुपैयाँ बढी मूल्यको सुनसहित १ जना पक्राउ, के भन्छन् प्रहरी निरिक्षक कटुवाल ?

अर्थ सरोकार

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार

PRIME CA

जनकपुरबाट १६ लाख रुपैयाँ बढी मूल्यको सुनसहित १ जना पक्राउ, के भन्छन् प्रहरी निरिक्षक कटुवाल ?

  • अर्थ सरोकार सम्बाददाता 

जनकपुर ।  प्रहरीले जनकपुरबाट १६ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम ७ भमरपुरा चौकबाट उक्त मुक्य बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा बा १० च ३५६८ नम्बरको मारुती भ्यानबाट १६ लाख २३ हजार ८ सय रुपैया मूल्य बराबरको २ सय ग्राम काँचो सुन बरामद गरेको हो । 
सशस्त्र सीमा सुरक्षा बल गण नम्बर ८ जनकपुर हेडक्वाटरबाट प्रहरी निरिक्षक शम्भु कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले १५ लाख मूल्य बराबरको गाडीसहित सो सुन बरामद गरिएको प्रहरी निरीक्षक शम्भु कटुवालले बताए । 
प्रहरीले सुनसहित गाडी धनी महोत्तरी जिल्ला बला नगरपालिका ७ निवासी ३४ वर्षीय रामचन्द्र दासलाईसमेत पक्राउ गरेको छ । पक्राउ परेका दास र ३१ लाख २३ हजार ८ सय रुपैया बराबरको गाडी र सुनसहित आवश्यक कारवाहीका लागि आइतवार भन्सार कार्यालयमा बुझाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: