- अर्थ सरोकार सम्बाददाता
झापा । कोरोना संक्रमणका कारण दुई महिने शिशुको मृत्यु भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो । कोरोना संक्रमणको मिल्दो जुल्दो लक्षण देखिएपछि शिशुको स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट आउन अगावै उनको मृत्यु भएको थियो ।
आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेका थिए। त्यसको तीन घण्टापछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएको थियो ।