
जुम्ला । जुम्लामा यस वर्ष स्थानीय जातको जुम्ली स्याउ नफले पनि इटालियन फुजी स्याउको राम्रो उतपादन भएको छ । गत वर्षभन्दा यो वर्ष सो जातको स्याउ उत्पादन दोब्बर भएको कृषि सहकारी फर्मका व्यवस्थापक सरोज शाहीले बताउनुभयो । चार हजार हेक्टर जमिनमा लगाइएका एक हजार एकसय बिरुवाबाट करिब छ टनसम्म उक्त स्याउ उत्पादन भएको उल्लेख गर्दै उहाँले भन्नुभयो “फुजी स्याउबाट गत वर्ष रू दुई लाखभन्दा बढी आम्दानी भएकामा यो वर्ष आम्दानी दोब्बर भएको छ ।
” फर्ममा दुई टन गोल्डेन डेलिसियस र चार टन रेड डेलिसियस स्याउ उत्पादन भएको भएको छ । यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउ स्वादिलो हुने भएकोले यसको माग स्थानीय तथा बाहिरी बजारमा समेत हुने गरेको सो फर्मले जनाएको छ । जिल्लामै प्रतिकिलो रू एकसय ५० मा सो स्याउ बिक्री हुने गरे पनि मागअनुसार उत्पादन गर्न सकिएको छैन भने ग्रेडिङ मेसिन नहुँदा स्याउ प्याकिङमा ढिलाइ भएको व्यवस्थापक शााहीको भनाइ थियो । उक्त स्याउ उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्ला शाखाले सिँचाई तथा मलजलका लागि सहयोग उपलब्ध गराएको थियो भने कृषि विकास कार्यालयले आरी, सिकेचर र कार्टुनजस्ता सामग्राीको अनुदानमा उपलब्ध गराएको थियो ।
सत्ताइस हजार बिरुवाभित्र्याइँदै
चालू आर्थिक वर्षमा उक्त शाखाले २७ हजार इटालियन फुजी स्याउका बिरुवा उपलब्ध गराउने भएको छ । उक्त स्याउको माग र मूल्य बढेपछि जिल्लामा यस वर्ष २७ हजार बिरुवा ल्याएर स्थानीय किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने कार्यक्रम रहेको शाखाप्रमुख नवराज भण्डारीले बताउनुभयो । पाखो र भिरालो जमिनमा पनि स्याउ उत्पादन हुने भएकाले यसको माग बढेको उहाँको भनाइ थियो । नेपालमा उक्त स्याउको नर्सरी स्थापना हुन नसक्दा लाखौ रकम बाहिरिने भएकाले जिल्लामै हाईटेक नर्सरीमा ग्रफ्टिङ गरेर परीक्षण शुरू गरिएको छ । गत वर्ष मात्रै २५० बिरुवामा ग्राफ्टिङ गरिएकामा तिनमा फल लाग्ने वा नलाग्ने यो वर्ष टुँगो लाग्छ ।” परीक्षण सफल भएमा जुम्लामै प्रयाप्त नर्सरी स्थापना गरेर फुजी स्याउ विस्तार गरिने उक्त शाखाले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्