
- अर्थ सरोकार सम्बाददाता
कैलाली । धनगढीमा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१३, श्रीलंका बस्ने प्रकाश बिष्टको घरमा तास खेलिरहेको अवस्थामा बिष्टलगायत १३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
बिष्टको घरमा तास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई २ लाख ३५ हजार १५० रूपैयाँ र ५ गड्डी ताससहित पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्