×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् १०-१० हजार बोर्ड राखेर चली फ्लास खेल्ने भीआइपी जुवाडे, २९ लाखसहित प्रहरीको नियन्त्रणमा !(नामसहित)

PRIME CA
GLOBAL IME BANK

यी हुन् १०-१० हजार बोर्ड राखेर चली फ्लास खेल्ने भीआइपी जुवाडे, २९ लाखसहित प्रहरीको नियन्त्रणमा !(नामसहित)

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १० जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरबाट प्रुरहरीले २९ लाख ४८ हजार ७०० नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन् । उहाँका अनुसार, तास खेलिरहेका नेपालगञ्ज–४ निवासी सन्तोष थापा, नवीन घिमिरे, पब्लु भण्डारी, सन्तोष वली, कृष्णबहादुर सुवेदी, तरुण गौतम, नेपालगञ्ज–६ निवासी मेघनाथ कुचबधिया, नेपालगञ्ज–१० निवासी टोपबहादुर शाही, नेपालगञ्ज–७ निवासी रविन राणा र नेपालगञ्ज–१ निवासी रहमान मियालाई प्रहरीले पक्राउ गरेको हो । 
प्रहरी स्रोतका अनुसार उनीहरुले १०-१० हजार बोर्ड राखेर चली फ्लास खेलिरहेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: