
- अर्थ सरोकार सम्बादादाता
धनगढी । कैलालीमा जुवा खेलिरहेको अवस्थामा १४ जुवाडे पक्राउ परेका छन् । बिहिबार जिल्लाको लम्कीचुहा नगरपालिका १–स्थित विष्णु खनालको खाली घरबाट ईलाका प्रहरी कार्यालय लम्कीको टोलीले जुवाडेलाई पक्राउ गरेको हो ।
जुवाखालबाट ८१ हजार पाँच सय ५० नगद र तासका तिन गड्डी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । प्रहरी नायब उपरिक्षक विष्टका अनुसार जुवाको खालबाट सोही ठाउँका ३८ वर्षीय केशबबहादुर शाही,२७ वर्षीय पुर्णप्रसाद रेग्मी, ५० वर्षीय मनी प्रसाद खनाल , ३३ वर्षीय प्रदिप कुमार धमाला, २२ वर्षीय दिपेन्द्र साउद ,३२ वर्षीय मेखबहादुर बस्नेत, ६० वर्षीय हरी प्रसाद जोशी,४९ वर्षीय धनिराम जैशी ,२९ वर्षीय पुर्णप्रसाद ढकाल, ३८ वर्षीय भिम रेग्मी, ३२ वर्षीय लक्ष्मण खनाल, ३४ वर्षीय मानबहादुर बिष्ट, ३२ वर्षीय डबल जैशी , र ३४ वर्षीय दलबहादुर बस्नेतलाई प्रक्राउ परेका छन् ।
पक्राउ परेकाहरुमाथि जुवा शीर्षकमा मुद्दा दर्ता अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्