Skip to content
LAXMI SUNRISE BANK

सिरहामा जुवा खेल्ने ८ जना पक्राउ, ती को-को हुन् ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

सिरहा । प्रहरीले सिरहामा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका–६ कटारी चौकस्थित होलिडे होटलमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु मिर्चैया नगरपालिका–८ बस्ने २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ वर्षीय दिलिप नायक, २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी, गोलबजार नगरपालिका–१ बस्ने ३२ वर्षीय नातिकाजी राई, उदयपुर कटारीका २५ वर्षीय बिशाल सुनार ३४ वर्षीय दानबहादुर राई रहेका छन् ।
गोप्य सूचनाको आधारका इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ लाख ६ हजार २९५ रुपैयाँ र ३ बुक तासको गड्डी समेत बरामद भएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK