- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कैलालीमा जुवा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मंगलबार राति गौरीगंगा नगरपालिका ६ स्थित एक कुखुरा खोरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा २ गड्डी तास र २ लाख २३ हजार ५०० नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढेको उनले बताए ।