
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका ऐरले विगत चार महिनाको अवधिमा खेतमा उत्पादन भएको माछा बेचेर रु तीन लाखभन्दा बढी आम्दानी गरेका हुन् ।
उहाँले एक विघा धान खेतमा कमन, रहु, भाकुर, नैनी, सिल्भर, ग्रासकार्पलगायत जातका माछापालन गरेका छन् । गत असार महिनामा माछाका पाँच हजार भुरा खेतमा राखेका उहाँले चार महिनामा सो भुराको तौल आधा किलोसम्म पु¥याएर विक्री गरेका छन् । “धान खेतमै पानी, चारो, मलको व्यवस्था गरी माछापालन गरेका छौं”, उहाँले भन्नुभयो, “माछापालनबाट सोचे भन्दा बढीनै आम्दानी भएको छ ।” धानको उत्पादन समेत बढेपछि दोहरो आम्दानी हात परेको उहाँको भनाइ छ ।
“धान खेतमा माछापालन शुरु गरेपछि रोग किराको समस्या समेत हटेको छ । धानमा लाग्ने किरा सबै माछाले खाइ दिएपछि अरु वर्षको जस्तो रोग किराको समस्या पनि व्योहोर्नु परेन”, ऐरले भन्नुभयो, “माछासँगै धानको उत्पादन बढेपछि माछापालनलाई अर्को वर्ष पनि निरन्तरता दिने योजना छु ।”
धान काटेर थन्क्याई सकेका उहाँले खेतमा राखिएका माछा केही बिक्री गरेका छन भने केही बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ । धानखेतसँगै उहाँले माछापालनका लागि चार वटा पोखरी समेत निर्माण गर्नुभएको छ । विगतका वर्षमा ५-६ बोरी मात्रै धान उत्पादन हुने खेतमा यो वर्ष मसिनो जातको ३० बोरी धान उत्पादन भएको उहाँको भनाइ छ ।
धान खेतमा बिक्री नभएका माछा पोखरीमा राखेर ग्राहकको माग अनुसार बजारसम्म पुर्याउने उहाँको योजना छ । खेतमा माछापालनका लागि धान रोप्नु अघि नै घरमै तयार गरिएको प्रांगारिक मल राखेर जोताइ गर्नुपर्दछ । त्यसपछि खेतमा पानी लगाइ हिल्याएर मात्र धान रोप्नुपर्ने हुन्छ । धान रोपेको १५ दिन पछि युरिया मल छर्किएर माछाका भुरा ल्याएर खेतमा छाड्नु पर्ने उहाँको भनाइ छ ।
माछा राखिएको खेतको पानी अन्यत्र जान नदिनका लागि बलियो आलि ९मेण० बनाउनु पर्ने हुन्छ । “खेत र पोखरीमा गरी दुई सय क्विन्टल माछा उत्पादन भएको छ”, ऐरले भन्नुभयो, “यसको बजार मूल्य रु छ लाख रहेको छ ।” माछापालनका लागि मात्रै ऐरले रु पाँच लाख लगानी गरेका छन । माछापालनसँगै उहाँले स्थानयी जातका कुखुरा, बङ्गुर, चाइनिज हाँस समेत पाल्नुभएको छ । फार्ममा माछा, कुखुरा, बङ्गुर र हाँस पालनुभएका उहाँले यसका लागि भौतिक संरचना निर्माणमा रु ३० लाख लगानी गरेका छन । फार्म सञ्चालनका लागि केही रकम आफूसंगै भएको र केही रकम बैंकबाट ऋण लिएको उहाँको भनाइ छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्