Skip to content
LAXMI SUNRISE BANK

भन्सार छलेर ल्याइएको एक लाख बढी मूल्यको सामान बरामद, भन्सार कार्यालयमा बुझाइयो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कञ्चनपुर । भन्सार छलेर ल्याइएको एक लाख एक हजार १७५ मूल्य बराबरका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरी मङ्गलबार भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० भुडा र बेलडाँडी गाउँपालिका–२ चवन्नी क्षेत्रबाट भन्सार छली गरी ल्याएका मटर दाल ५७५ किलो, फलामको फरुवा ९कसी० ४५ थान, फलामको नटबोल्ड ५० किलो, घाँसको बीउ ४५ किलो, तामिल बिडी १०० बण्डल, सुदर्शन मिठो सुपारी ४९ प्याकेट, तुलसी चिया ६० प्याकेट, त्रिशूल कल्पला सुर्ती ४८ प्याकेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । जसको अन्दाजी मूल्य रु ९२ हजार ४७५ रहेको छ ।
यसैगरी भीमदत्त नगरपालिका–४ का ३० वर्षीय रिहोत देवलमातीलाई भन्सार छलेर ल्याइएका मोटरसाइलका पाटपूर्जासहित प्रहरीले पक्राउ गरी सामानसहित भन्सार कार्यालयमा बुझाएको छ । मातीबाट रु आठ हजार ७०० रकम बराबरको मोटरसाइलका पाटपूर्जा बरामद भएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK