×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै, निको भएर घर फर्किनेको संख्या कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै, निको भएर घर फर्किनेको संख्या कति ?

Artha Sarokar

१३ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काभ्रे । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १०५ रहेको छ । मङ्गलबार जिल्लामा कुनै सङ्क्रमित देखिएनन् । सोही दिन उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १८ जना रहेको पोष्टले जनाएको छ । 
आइतबारअघिको ४८ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने त्यसअघिको सङ्क्रमणदर घट्दै गएको पोष्टले जनाएको छ । पोष्टका अनुसार बुधबारसम्म काभ्रेपलाञ्चोकमा ५९९ महिलासहित एक हजार पाँच सय ३३ जना सङ्क्रमितमध्ये ७१ प्रतिशत अर्थात् एक हजार ७८ सङ्क्रमणमुक्त भएका हुन् । सङ्क्रमितमध्ये १० पुरुष र सात महिलाको मृत्यु भइसकेको छ । गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोरोना भाइरसको सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् १९० बनेपा नगरपालिकाका छन् ।
 त्यस्तै धुलिखेलमा ९०, पनौतीमा ८१, पाँचखालमा १८, नमोबुद्धमा २०, मण्डनदेउपुरमा २६ तथा रोशीमा छ, बेथानचोकमा तीन, खानीखोला र चौंरीदेउरालीमा एक-एक सक्रिय सङ्क्रमित रहेको पोष्टले जनाएको छ । सङ्क्रमितहरुमध्ये ९७ जनाको अस्पताल आइसोलेसनमा र ३४१ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ । यहाँको दुई स्थानीय तह भुम्लु र महाभारत गाउँपालिका कोरोनामुक्त भएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी