
- एजेन्सी
कोरोना भाइरसका कारण पूरै विश्व आक्रान्त छ । यतिसम्मकि अघिले कसैको अगाडी गएर खोक्नु, ह्याच्छ्यु गर्नु कुनै अपराध नै गरेजस्तो हुन्छ । विश्वभर कोरोनाले कतिधेरै मान्छेलाई कुन हदसम्मको त्रास फैलाएको छ भन्ने तथ्यलाई पुष्टी गर्ने एउटा घटना अमेरिकामा गह्तेको छ । अमेरिकाको पेन्सिल्भेनियामा एउटा सुपरमार्केटभित्र एकजना महिलाले खोकेपछि त्यहाँ भागदौड मात्र मच्चिएन सुपरमार्केटमा रहेका लाखौँ सामान फ्याँकिएका छन् । जसको मूल्य ३५ हजार डलर अर्थात् झण्डै आधा करोड नेपाली रुपैयाँ रहेको छ ।
ती महिलाले खोकेका थुकका छिटाहरु त्यहाँका सामानहरुमा परेको हुनसक्ने भन्दै सुपरमार्केटका व्यवस्थापकले तत्कालै त्यहाँका सामानहरु बाहिर फ्याँक्न लगाएका थिए भने उनले प्रहरीलाई खबरसमेत गरेका थिए । अन्ततः ती महिलालाई कोरोना नभएको र उनले जानीबुझी तर्साउनका लागि सुपरमार्केटभित्र गएर खोकेको पुष्टि भएको छ । र ती महिलामाथि आपराधिक अभियोगमा मुद्दा चलाइने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्