
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एकैदिन ५४० खसीबोका बिक्री भएको जानेको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन (सोमबार) नै ५४० वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
सोमबार आएका ६०५ खसीबोकामध्ये बाँकी भएका ६५ र आज बिहान आएका एक सय गरी १६५ खसीबोका बिहान नै बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिईन् । उनका अनुसार थप २९५ खसीबोका आउने क्रममा छन् । हेटौँडा र दाङबाट थप खसीबोका आज साँझसम्म आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।
एकैदिनमा अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि आज अपराह्न खसीबोका बिक्री नहुने जनाइएको छ । कम्पनीले प्रतिकिलो १० छुट दिएर ५५० मा खसीबोका बिक्री गरेको छ । निजी क्षेत्रका खसी व्यवसायीले प्रतिकिलो ६ सय देखि ६५० सम्म बिक्री गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्