
- अर्थ सरोकार सम्बाददाता
डोटी । वर्षौँदेखी रहँदै आएको मल अभावको समस्या यसपाली पनि जस्ताको त्यस्तै रहेको छ । धान लगाउने समयदेखीनै हुँदै आएको मल अभाव धान काटेर गहुँ छर्ने बेलामा पनि मल नपाउँदा सुदूरपश्चिमका किसान चिन्तित बनेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि नपाइको युरीया मल अहिले गहुँ छर्ने बेलामा पनि अभाव भएको बताएका छन् ।
प्रदेशका नौ वटै जिल्लामा मल अभाव भएको स्वीकार्दै प्रदेशमा कूल एक लाख मेट्रिक टन युरिया मल आवश्यक पर्ने भएपनि आपुर्ति गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कम्पनीमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले बताए । डोटीमा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको किसानहरुको गुनासो रहेको छ ।
कृषि सामग्री कम्पनी दिपायलले कोरोना महामारीका कारण कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपुर्ति गर्न नसकिएको जवाफ दिने गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुराको मल प्रयोग गर्न सकिने जानकारी दिएको छ । अहिले बजारमा युरिया मलको अभाव भएपछि वैकल्पिक मल प्रयोग गर्न प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्