
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान चाहेका झन्डै ९ हजार नेपाली नेपालमै रोकिन बाध्य भएका छन् । नेपालबाट प्रक्रिया पूरा गरी कोरिया जान अनुमति पाएका उनीहरु कोरोना बिमा नगरेका कारण नेपालमै रोकिन बाध्य भएका हुन् । कोरिया सरकारले उनीहरु सबैको १० लाखको कोरोना बिमा मागेपछि कोरिया पठाउन नसकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताए ।
नेपालमा विदेश जाने श्रमिकको हकमा कोरोना बिमा गर्ने व्यवस्था अहिलेसम्म छैन । कोरिया सरकारले भने उक्त व्यवस्था नभएर छुट्टै कोरोना बिमा गर्नुपर्ने शर्त राखेको छ । यता नेपाल सरकारले भने नेपालमा रोकिन बाध्य भएका उनीहरुलाई जतिसक्दो छिटो प्रक्रिया मिलाएर पठाउन लागि परेको उनको भनाई छ । कोरोना महामारीका कारण गत फागुनदेखि सरकारले वैदेशिक रोजगारीका लागि कोरिया जान रोकेको छ ।
नेपालबाट प्रक्रिया पूरा गरेका उनीहरुले सरकारी लापरवाहीले गर्दा रोजगारी नपाउने निश्चित भएको भन्दै पटक-पटक माइतीघरमा प्रदर्शन गरेका छन् । साथै ठूलो लगानी र मिहिनेत गरेर भाषा परीक्षा पास गरेको भएरपनि सरकारले गरेको लापर्वाहिले भविष्य अनिश्चित भएको उनीहरुको गुनासो छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्