×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैध चार लाख भारुसहित कृष्णनगर नाकाबाट एक जना पक्राउ, आवश्यक कारवाही गरिने !

PRIME CA

अवैध चार लाख भारुसहित कृष्णनगर नाकाबाट एक जना पक्राउ, आवश्यक कारवाही गरिने !

अर्थ सरोकार

१८ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

कपिलवस्तु । चार लाख भारतीय रकमसहित कपिलवस्तुको कृष्णनगर नाकाबाट एक जना पक्राउ परेका छन् । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई अवैध रूपमा भित्र्याएको चार लाख भारतीय रकमसहित नियन्त्रणमा लिएको शनिबार पक्राउ गरेको हो । 
विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले जानकारी दिए । बरामद गरिएको रकममा ५०० दरका ४०० थान र दुई हजारको नोट १०० थान गरी भारु चार लाख रहेको छ । उक्त भारुको नेपालमा छ लाख ४० हजार हुन्छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: