×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक ह्याकिङ प्रकरण : भारतीय व्यापारी कञ्चनपुरबाट पक्राउ, कारवाहीको लागि काठमाडौँ ल्याईयो !

अर्थ सरोकार

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार

PRIME CA

कृषि विकास बैंक ह्याकिङ प्रकरण : भारतीय व्यापारी कञ्चनपुरबाट पक्राउ, कारवाहीको लागि काठमाडौँ ल्याईयो !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार एक भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका ५५ वर्षीय व्यापारी सुशील गर्ग नेपाल-भारत सीमा क्षेत्र कञ्चनपुरको भिमदत्त नगरपालिका-१० स्थित गड्डाचौकीबाट पक्राउ परेका हुन् । 
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर बहादुर थापाका अनुसार ती व्यक्ति कृषि बैंकका देवी प्रसाद पोखरेलको जाहेरीले पक्राउ परेका हुन् । गर्ग बनवासा मिना बजारमा चप्पलको व्यापार गर्दै आएका छन् । गर्गले अनाधिकृत रुपमा विद्युतीय माध्यमको दुरुपयोग गरी कृषि विकास बैंकको वित्तीय प्रणालीमा अनाधिकृत पहुँच राखी विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएको आरोप थियो ।
अदालतले बैंकिङ कसुर र संगठित अपराध मुद्दामा २०७६ असार ७ गते उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी गरेको थियो । गर्गलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ । २०७६ असोजमा कृषि विकास बैंक लहान शाखाको सिस्टम ह्याक गरी एक गिरोहले ५ करोड रुपैयाँ काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी लुटेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: