×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंकको जागिर छोडेर व्यवसायिक कृषिमा व्यस्त बनेका ‘ऐर’, भन्छन्- ‘अनुदान जुटे एग्रो टुरिजम पनि विस्तार गर्ने तयारीमा छु’ (फोटो-कथा)

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
अन्य पेशा छाडेर बैंकको जागिर खाएको कुरा त प्रशस्तै सुनिने गर्छ तर बैंकको जागिर नै छाडेर कृषि पेशा अंगालेको घटना भने विरलै भेटिने गर्दछ । 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० त्रिपुरेश्व टोटीका दल बहादुर ऐर यतिबेला बैंकको जागिर छाडेर व्यवसायीक कृषि फर्ममा व्यस्त देखिन्छन् । नेपाल बैंक लिमिटेडमा २९ वर्ष जागिर गरी उपप्रबन्धकको पदबाट राजिनामा दिएर अहिले कृर्षि फर्ममा समय व्यतित गरिरहेका छन् । 
झण्डै ५२ लाखको लागतमा ऐरले ३ बिघा जमिनमा आफ्ने व्यवसायीक कृषि फर्म सञ्चालन गरेका छन् । उक्त फर्ममा साकिनी, घाँटी खुइले, उल्टा प्वाँखे, ककडनाथ लगायत स्थानीय जातका हजार भन्दा बढी कुखुरा पालिएका छन् । कुखुरासँगै फार्ममा कालिज, बट्टाई, लौकाट, चाइनिज बतख टर्की पनि राखिएका छन् । फर्मबाट ४०० बढी कुखुरा बिक्री समेत भएको ऐरले बताए । उनले भने, ‘अहिले व्यवसायलाई बढावा दिने हुेतुका साथमा ह्याचेरी समेत सञ्चानमा ल्याएका छौँ ।’ 
कुखुरा र अन्य प्रजातिका पक्षीपालनसँगै होटेल, स्वीमिङ पुलको व्यवस्था गरी एग्रो टुरिजमका लागि कार्य अगाडि बढाउने योजना रहेको ऐरले बताएका छन् । उनले भने, ‘यसका लागि व्यक्तिगत लगानी मात्रै प्रयाप्त छैन, सरकारको अनुदान र सहयोगको अपेक्षा गरेको छु ।’ ऐरले अहिले पनि फर्ममा दुई वटा पोखरीमा २० हजार विभिन्न प्रजातिका माछाका भुरा हालेर माछापालनको कार्यसमेत शुरु गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्…


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: