×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा, सेवाग्राहीहरु लाभान्वित

PRIME CA
GLOBAL IME BANK

लमजुङको बेसीसहरमा करदाता सेवा कार्यालय सञ्चालनमा, सेवाग्राहीहरु लाभान्वित

२३ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
लमजुङ। लमजुङ जिल्ला र मनाङ जिल्लाका करदाताहरूलाई करसम्बन्धी सेवा दिने उद्देश्यले लमजुङको सदरमुकाम बेसी सहरमा करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइएको हो । करदाता सेवा कार्यालय बेसी सहरका कर अधिकृत सुशील लम्सालले अहिलेसम्म करको दायरामा आएका लमजुङका ८ हजार २ सय ९० करदाता र मनाङ जिल्लाका ५ सय ९७ करदाता गरी करिब ८ हजार ९ सय करदाता सेवाग्राहीलाई सेवा दिने गरी कार्यालय सञ्चालनमा आएको बताउनुभयो ।
उहाँका अनुसार यो कार्यालयले करदाताको सङ्ख्या बढाउन थप काम गर्नेछ । कर कार्यालयबाट व्यक्तिगत वा संस्थागतरुपमा दर्ता हुने, आफ्नो संस्थाको उद्देश्य परिवर्तन गर्ने, राजश्व बुझाउने लगायतका सेवा पाउने पनि उहाँले बताउनुभयो । लमजुङमा कर कार्यालय स्थापना भएपछि यस क्षेत्रका मानिसहरुलाई करसम्बन्धी सेवा लिन तनहुँको दमौलीसम्म जानुपर्ने स्थितिको अन्त्य भएको पनि लम्सालले बताउनुभयो । लमजुङ र मनाङ जिल्लाका करदाताहरु यसअघि तनहुँको दमौलीमा रहेको आन्तरिक राजस्व कार्यालयबाट करसम्बन्धी सेवा लिँदै आएका थिए । करदाता सेवा कार्यालयले लमजुङमै सेवा सञ्चालन गरेपछि करको दायरामा आउनेहरुको सङ्ख्या अझै बढ्ने लम्सालको भनाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: