
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शनिबार उपत्यकाका विभिन्न स्थानमा बत्ती काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्र, पुल्चोक वितरण केन्द्र र बालाजु वितरण केन्द्र अन्तर्गतका सबै स्थानमा शनिबार ५ घण्टासम्म बत्ती काटिनेछ।
लगनखेल र पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने खोकना फिडरमा मिटरिङ युनिट परिवर्तन गर्नुपर्ने भएकाले शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सटडाउन हुनेछ । उक्त फिडरअन्तर्गत गणेशथान, एकान्तकुना, खाद्य गोदाम, मेडीसिटी हस्पिटल, आदिनाथ मार्ग्, गणेश मन्दिर, मन्जु श्री मार्ग, भन्ज्याङ् पिपल बोट, मगर गाउँ, सानो खोकना, खोकाना, कार्यविनायक, बुङमती क्षेत्र, नेवा ईट्टा, चुनिखेल, कतार एम्बेस्सी, खोईचा, फर्सिडोल, जोर्खु, टोकलमाथ, खहरे, डुकुछाप, दनुवार बस्तीलगायतका क्षेत्रहरुमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।
यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने विष्णुमति फिडरअन्तर्गत पर्ने वनस्थली, बालाजु, माछापोखरी, बाइपास, गुम्बाचौकी, मनमैजु पुल, लोकतान्त्रिक चोक, इन्द्रेणी पुललगायतका क्षेत्रहरुमा बत्ती जानेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्