×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको ८ लाख ६७ हजार ६०४ कित्ता लिलामी सेयर भर्ने म्याद थपियो, हेर्नुहोस् अब कहिलेसम्म आवेदन दिन पाईन्छ ?

LAXMI SUNRISE BANK
GLOBAL

सिभिल बैंकको ८ लाख ६७ हजार ६०४ कित्ता लिलामी सेयर भर्ने म्याद थपियो, हेर्नुहोस् अब कहिलेसम्म आवेदन दिन पाईन्छ ?

३० आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । सिभिल बैंक लिमिटेडको संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थपिएको छ । बैंकको ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामीमा आवेदन दिने म्याद थपिएको हो । बैंकले उक्त सेयरमा आवेदन दिने म्याद थप गरेर मंसिर २ गतेसम्म पुर्याएको हो । यसअघि बैंकले आज(असोज ३० गते) सम्म लिलामी भर्ने समय तोकेको थियो ।
बैंक असोज १६ गतेदेखि लिलामी सेयर खुला गरेको थियो । जसमा  बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौंसम्म पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी