×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवलमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बुटवलमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु

Artha Sarokar

५ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

रुपन्देही । कोरोनाबाट बुटवलमा दुई जना पुरुषको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कोरोना संक्रमणका कारण दुई जना पुरुषको मृत्यु भएको हो । उपमहानगरको वडा ११ र वडा १७ का एक एक जनाको मृत्यु भएको हो।
वडा १७ निवासी ८१ वर्षीया पुरुषमा असोज २७ गते कोरोना पुष्टी भएको थियो । त्यसपछी उनि लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा भर्ना भएका भएका थिए । उनको बुधवार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै वडा ११ का एक ४७ वर्षका पुरुषमा पनि असोज २४ गते संक्रमण पुष्टी भई सघन उपचार कक्षमा भर्ना भएका  थिए । उनको बुधवार बिहान १:१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी